इपिएल टी–ट्वान्टी क्रिकेट : पोखरा राइनोद्धारा काठमाडौं पराजित

इपिएल टी–ट्वान्टी क्रिकेट : पोखरा राइनोद्धारा काठमाडौं पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो । यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो । यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो । पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए । 

यता काठमाडौँका लागि भने शुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वाधिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । पोखराका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान दुई÷दुई विकेट लिए भने ताज वाली र इसरारुलाहले समान एक/एक विकेट लिएका थिए । रासस

Logo