नेपाली खेलाडीलार्इ दुई स्वर्ण

नेपाली खेलाडीलार्इ दुई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, ४ पुस .

वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण र तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । 

मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेके, मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिए । 

यस्तै, सञ्जु महर्जनले दुई रजत पदक र ङवाङ केशाङ लामाले एक रजत पदक प्राप्त गर्न सफल भएको छ । 

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङसहित सात जनाको टोली बुधबार स्वदेश फर्कंदैछ । 

खेलाडी टोली गत मंसिर २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो । टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।

 

Logo