ह्विलचेयर खेलाडी चन्द्रागिरीमा

ह्विलचेयर खेलाडी चन्द्रागिरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ पुस । ह्विलचेयर क्रिकेटरहरुले आज चन्द्रागिरी केबलकारको अनौपचारिक रुपमा भ्रमण गरेका छन् । भारत, बंगालादेश र नेपाल सम्मिलित ट्वेन्टी–२० त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताका लागि नेपाल आएका क्रिकेटरहरुले चन्द्रागिरी केबलकारको भ्रमण गरेका हुन् ।

अन्तराष्ट्रिय ट्वेन्टी–२० त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगितामा आएका आयोजक समितिका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा सहित करिव ६० जना खेलाडीहरु भ्रमणमा सहभागी भएका थिए ।

फरक क्षमता भएका खेलाडीहरुको सम्मानमा चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भ्रमण प्रयोजन गरेको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ ।

Logo