आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० मंसिर ।

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो ।

नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् ।

बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् ।

जवाफी ब्याटिङमा उत्रेको चीनले १८।२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए ।

बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सबनम राईले समान तीन÷तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिए ।

रुबिना क्षेत्री प्लेयर अफ द म्याच घोषित भइन् ।

Logo