आज नेपाल मलेसियासँग भिड्दै

आज नेपाल मलेसियासँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,८, मंशिर
आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले आज शुक्रबार मलेसियाको सामना गर्दै छ । नेपाल र मलेसिया बिचको खेल आज बिहान पौने ९ बजे सुरु हुनेछ । अघिल्ला ३ खेलमा मात्र २ अंक जोडेको नेपालले बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा मलेसियासँग खेल्न लागेको हो । मलेसियासँगको खेलपछि नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने लक्ष्य लिएको नेपाललाई शिर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न मलेसिया विरुद्ध जित्नैपर्ने दबाब रहेको छ । बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । आजको खेल गुमाए नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

 

Logo