एसिसी यू–१९ क्रिकेट : टेस्ट खेल्ने देश भारतविरुद्ध नेपालको सानदार जित

एसिसी यू–१९ क्रिकेट : टेस्ट खेल्ने देश भारतविरुद्ध नेपालको सानदार जित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।

मलेसियामा जारी एसीसी यू९१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज आइतबार नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।

१८६ रनको विजय लक्ष्य पाएको भारत ४८औं ओभरमा १६६ रन बनाएर अलआउट भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएपछि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडेका थिए । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै क्याप्टन दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

जितेन्द्र पेभेलियन फर्केपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडे । उनी इनिङको ४९औं ओभरमा आउट भएका थिए ।
मध्यक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।

भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २९२ विकेट लिए । त्यसैगरी विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १९१ विकेट लिए ।
यस अघि नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध २ विकेटले पराजित भएको थियो । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी रहँदै ८ विकेटको क्षतिमा ३९।५ ओभरमै हासिल गरेको थियो । भारतले भने पहिलो खेलमा आयोजक मलेसियालाई पराजित गरेको थियो ।

Logo