यू-१९ एसिया कप: पहिलो खेलमा नेपाल पराजित

यू-१९ एसिया कप: पहिलो खेलमा नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता। काठमाडौँ,२५ कार्तिक । 

एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ  । मलेशियामा भएको खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले १ बल बाकि रहदै ८ विकेटको क्षतिमा ३९.५ ओभरमा भेट्टायो  । 

नेपालले ३८.४, ३८.५ र ३९.१ ओभरमा गरी ४ बलमा ३ विकेट लिएको थियो । तर त्यसले हार भने टार्न सकेन । अन्तिम ओभरमा बंगलादेशलाई जितको लागि १० रन चाहिएको थियो । त्यसको पहिलो बल विकेट गयो भने दोस्रो चौका, तेस्रो १, चौथो चौका र पाचौ १ रन भएपछि नेपाल पराजित भएको हो  ।  

बंगलादेशको लागि मेम शेखले अर्धसतकीय पारि खेल्दै सर्बाधिक ५२ रन जोडे  । नेपालको लागि सन्दिप लामीछाने  र  कमल सिंह ऐरीले समान २-२ तथा , दिपेन्द्र सिंह ऐरी, कोशोर महतो  र अनिल कुमार शाहले समान १-१ विकेट लिए । 

यस अघि नेपालले बंगलादेशलाई जितको लागि १८१ रन्को लक्ष्य दिएको थियो  ।  टस हारेर ब्याटिंगमा उत्रेको नेपालले ४०.१ ओभरमा ६ विकेटको क्षतिमा १६७ रन जोड्दा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि डिएल मेथडको आधारमा बंगलादेशले १८१ रन्को लक्ष्य पाएको थियो  । 

नेपालका लागि भिम शर्कीले सर्बाधिक ४४ रन, रोहित पौडेलले ४० रन, आशिफ शेखले ३० रन, अनिल शाहले १९ तथा दिपेन्द्र सिंह एरिले १२ रन जोडे । ओपनर जितेन्द्र सिंह ६ रन मै आउट भए भने प्रकाश केसी ४ र कमल सिंह एरि ६ रनमा नत आउट रहे ।  

नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।  एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

Logo