यू-१९ एसिया कप: नेपालद्वारा बंगलादेशलाई १८१ रनको लक्ष्य (हेर्नुहोस् लाइभ)

यू-१९ एसिया कप: नेपालद्वारा बंगलादेशलाई १८१ रनको लक्ष्य (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २५ कार्तिक । 

एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपालले बंगलादेशलाई जितको लागि १८१ रन्को लक्ष्य दिएको छ ।  टस हारेर ब्याटिंगमा उत्रेको नेपालले ४०.१ ओभरमा ६ विकेटको क्षतिमा १६७ रन जोड्दा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि डिएल मेथडको आधारमा बंगलादेशले १८१ रन्को लक्ष्य पाएको हो । 

नेपालका लागि भिम शर्कीले सर्बाधिक ४४ रन, रोहित पौडेलले ४० रन, आशिफ शेखले ३० रन, अनिल शाहले १९ तथा दिपेन्द्र सिंह एरिले १२ रन जोडे । ओपनर जितेन्द्र सिंह ६ रन मै आउट भए भने प्रकाश केसी ४ र कमल सिंह एरि ६ रनमा नत आउट रहे । 

बंगलादेशले जवाफी ब्याटिंग थालिसकेको छ । एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्।

हेर्नुस लाइभ 

Logo