तीन महिला तेक्वान्दो खेलाडी क्यानाडातर्फ

तीन महिला तेक्वान्दो खेलाडी क्यानाडातर्फ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ कात्तिक ।

टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन तीन नेपाली महिला खेलाडी बिहीबार क्यानाडाको टोरोन्टो प्रस्थान गरेका छन् ।

मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको ६७ केजीमुनि ज्ञानी चुनारा, ४९ केजीमुनि रेजिना कार्की र ५७ केजीमुनि यानकुमारी चौलागाईंले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । तीनैले १२ औं सागमा रजत जितेका थिए भने यानले ११ औं सागमा कांस्य पनि जितेकी थिइन् ।

आठौं सागका तेक्वान्दो स्वर्ण विजेता राजकुमार राईले उनीहरुको प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् । राई क्यानाडामै छन् ।

टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक नन्दु राई, तेक्वान्दो संघका सचिव दीपक विष्ट लगायतले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Logo