नवीन गुरुङको अध्यक्षतामा नेपाल भलिबल जापान सम्पर्क समिति

नवीन गुरुङको अध्यक्षतामा नेपाल भलिबल जापान सम्पर्क समिति

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ कात्तिक ।

पूर्व राष्ट्रिय खेलाडी तथा हाल जापान निवासी नवीन गुरुङको अध्यक्षतामा नेपाल भलिबल जापान सम्पर्क समिति गठन भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघ (एनभिए) का केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण शर्माले गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

नेपाल भलिबल संघको विधानको दफा २६ अनुसार नवीनको अध्यक्षतामा १३ सदस्यीय नेपाल भलिबल जापान सम्पर्क तदर्थ समिति गठन गरिएको हो । सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्षमा मदन साउद, महासचिव मुक्ति सुवेदी, सचिवमा बबिन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् ।

त्यसै गरी सदस्यहरूमा भिक्टोर ठाडा मगर, हितु थापा, महेन्द्र साहनी, राम मल्ल, राम लामिछाने, कमल थापा र प्रकाशचन्द जोशी रहेका छन् । विधानअनुसार अध्यक्ष गुरुङले राजु बस्नेत, जीवन खड्का र कमला काप्री र कविता लामिछानेलाई सदस्यमा मनोनयन गरेका छन् ।

प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले नेपाल भलिबल संघलाई नगद ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । यसअघि गुरुङले नेपालमा सम्पन्न भएको आमन्त्रित नेपाल बंगलादेश मैत्रीपूर्ण खेलका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

तस्बिर : अध्यक्ष नवीनलाई प्रमाण–पत्र हस्तान्तरण गदै एनभिए अध्यक्ष शर्मा ।

Logo