एशिया कपमा सहभागी हुने युवा क्रिकेटर नेपाल फर्किए

एशिया कपमा सहभागी हुने युवा क्रिकेटर नेपाल फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१ कात्तिक । मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि (यू–१९) युवा क्रिकेट टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । नेपाली युवा क्रिकेट टोली मैत्रीपूर्ण खेल बंगलादेशमा खेलेर सोमवार स्वदेश फर्किएको थियो ।

पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर नेपाल आइपुगेको टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।

मैत्रिपूर्ण खेलमा नेपालको तर्फवाट कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, असिफ शेख, अनिलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनुवार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनीत थापा मगर, साहब आलम, कमल सिंह, प्रकाश केसी, जीतेन्द्र सिंह, भीम सार्की र रसिद खान रहेका थिए ।

टोलीका मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षक कलम अली रहेका थिए । अब नेपालले आफ्नो पहिलो खेल आगामी कात्तिक २५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल कात्तिक २६ गते भारतसँग तथा समूह चरणको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बंगलादेश र भारत तथा समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्दै यू–१९ एसिया कपका लागि छनोट भएको हो ।

Skip This
Skip This
Logo