एसिया कप फुटबल: आज नेपाल र युएई भिड्दै

एसिया कप फुटबल: आज नेपाल र युएई भिड्दै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक ।

यू-१९ एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ । 

यसअघिका दुई खेल गुमाएको नेपाललाई समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्ने सम्भावनाका लागि यो खेल महत्वपूर्ण छ । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

Skip This
Skip This
Logo