१७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

१७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ कात्तिक ।

नेपाल आर्मी क्लबका दिनेश बुढा मगरले १७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नुवाकोटमा भइरहेको प्रतियोगिताको स्पाइरिङतर्फ सिनियर पुरुषको ५५–६० केजीको फाइनलमा दिनेशले एपीएफका गोविन्द खत्रीलाई पराजित गरे ।

नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष २०–२५ केजीमा मध्यमाञ्चलका युनिश गौतम तथा २६–३० केजीमा पश्चिमाञ्चलका निरोज गुरुङ पहिलो भए । फाइनलमा युनिशले पश्चिमाञ्चलका मनीष क्षेत्री तथा निरोजले मध्यमाञ्चलका सन्तोष गुरुङलाई हराए । जुनियर महिला २०–२५ केजी फाइनलमा मध्यमाञ्चलकी रोशिका मगरले आयोजककी सरस्वती तामाङलाई पाखा लगाउदै पहिलो भइन् ।

प्याटर्नको महिलातर्फ येल्लो बेल्टमा पश्चिमाञ्चलकी समीक्षा गाहा र मध्यमाञ्चलकी रश्मी लामा, ग्रिन बेल्टमा एपीएफकी सुनीता गुरुङ र सुदूरपश्चिमाञ्चलकी उषा चौधरी, ब्लु बेल्टमा मध्यमाञ्चलकी विपना मगर र एपीएफकी अप्सना तामाङ, रेड बेल्टमा मध्यमाञ्चलकी सचिना सुनुवार र पश्चिमाञ्चलकी रिया रचाल, ब्ल्याक बेल्ट पहिलो डानमा मध्यमाञ्चलकी रन्जु पुलामी मगर र आर्मीकी हेमा खड्का तथा ब्ल्याक बेल्ट दोश्रो डानमा आर्मीकी रुबिका खड्का र मध्यमाञ्चलकी स्वेता राई क्रमशः पहिलो र दोश्रो भए ।

सोही स्पर्धाको पुरुषतर्फ येल्लो बेल्टमा मध्यपश्चिमाञ्चलका प्रकाश आले र पश्चिमाञ्चलका मनीष क्षेत्री, ग्रिन बेल्टमा सुदूरपश्चिमाञ्चलका अनिल परियार र पश्चिमाञ्चलका सुन्दर रसाइली, ब्लु बेल्टमा मध्यमाञ्चलका युनिश गौतम र मध्यपश्चिमाञ्चलका सुजन विक, रेड बेल्टमा एपीएफका श्यामकृष्ण श्रेष्ठ र मध्यमाञ्चल सुमित कँडेल, ब्ल्याक बेल्ट पहिलो डानमा एपीएफका मानबहादुर चौधरी र मध्यमाञ्चलका सागर कुँवर, ब्ल्याक बेल्ट दोश्रो डानमा आर्मीका पूर्णबहादुर मगर र एपीएफका विन्दुप्रसाद चौधरी तथा ब्ल्याक वेल्ट तेश्रो डानमा एपीएफका नाम्गेल तामाङ र आर्मीका धर्मराज कँडेलले क्रमशः स्वर्ण र रजत हात पारे ।

प्रतियोगिताको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ ९आईटीएफ० का अध्यक्ष अञ्जन धमालाले जनाएका छन् ।

Skip This
Skip This
Logo