वादोकाई कराते टोली कोलम्बोतर्फ

वादोकाई कराते टोली कोलम्बोतर्फ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ कात्तिक ।

पन्ध्रौं डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली कराते टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।
नोभेम्बर ४ र ५ तारिखमा हुने च्याम्पियनसिपमा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ८४ केजीमाथि ध्रुव थापा, ७४ केजीमा विकास राजवाहक, ६७ केजीमा नवीन महर्जन, ५० केजीमा अनिश लामिछाने, ४५ केजी र एकल कातामा सुरेन्द्र तामाङ तथा ४० केजीमा विवेक कुँवरले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४५ केजी र एकल कातामा वर्षा बुढा मगर तथा ४० केजीमा विनिता चपाईंले भाग लिने छन् ।

टोली प्रमुखमा मोहन महर्जन छन् भने निरज महर्जनले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई रक्षा मन्त्री भीमसेनदास प्रधान र आईडब्लुएफ वादोकाई कराते संघ नेपालका अध्यक्ष सुदर्शनराज विष्टले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Skip This
Skip This
Logo