यु १९ एसिया कप फुटबल खेल्ने नेपाली टोलीको घोषणा (नामावलीसहित)

यु १९ एसिया कप फुटबल खेल्ने नेपाली टोलीको घोषणा (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ,११ कार्तिक ।

यु १९ एसिया कप फुटबल छनौट खेल खेल्ने नेपाली टोलीको छनौट गरिएको छ । अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोली छनौट गरिएको हो ।

टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टिम व्यवस्थापकमा गणेशबहादुर चन्द छन् ।  समूह ‘ए’मा रहेको नेपालले मंगलबार कीर्गिस्तान, १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने छ । 

नेपाली टोली आइतबार कीर्गिस्तान जाने कार्यक्रम छ।

टोलीमा को को परे ?

अर्पण कार्की 
प्रेजेन तामाङ
अभिषेक बराल
विश्वास उदास
अषिम भुषाल
मनिष थापा
राजन गुरुङ

धिरज श्रेष्ठ

सोजित गुरुङ
सुमन अर्याल
आकाश श्रेष्ठ
निराजन महर्जन
रोमन लिम्बु
अशोक थापा
दिनेश हेमजन
अभिषेक रिजाल 
अनिल महर्जन
शेषेहाङ आङदम्बे
एरिक विष्ट
रेजिन सुब्बा
सुरज ठकुरी
राजेश परियार
विकास खवास

Logo