विश्व पावर लिफ्टिङ्ग गेममा नेपाललाई ऐतिहासिक सफलता

विश्व पावर लिफ्टिङ्ग गेममा नेपाललाई ऐतिहासिक सफलता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ कात्तिक ।

भारतको नयाँ दिल्लीमा जारी विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु–छोरा दुवैले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेर इतिहास रच्न सपल भएका हुन् ।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलोपटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब–जुनियर (१९ वर्ष मुनिमा) कांस्य पदक प्राप्त गर्न सफल भएको ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन् ।

अब ९० केजी तौलमा प्रतिस्पर्धा गरेका बुद्धिजंग कार्की र ७५ केजीका प्रकाश के.सी.को नतिजा बेलुका प्राप्त हुने टोली नेतासमेत रहेका ज्ञानेन्द्र नकर्मीले जानकारी गराए ।

                                                             पावर लिफ्टिङ गर्दै रोजिन

यस अघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा ज्ञानेन्द्र श्रेष्ठ स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । पावर लिफ्टिङ्गमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहंदै आएको छ । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए । यस्तै, २०१५ मा केरलामा भएको प्रतियोगितामा ज्ञान नारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कांस्य पदक हात पार्न सफल भएका थिए ।

चार सदस्यीय टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न गत कात्तिक ५ गते दिल्लीतर्फ प्रस्थान गरेको थियो ।

Logo