क्रिष्टियानो रोनाल्डो दोस्रो पटक फिफा उत्कृष्ट खेलाडी

क्रिष्टियानो रोनाल्डो दोस्रो पटक फिफा उत्कृष्ट खेलाडी

केन्द्रबिन्दु
0
Shares

लण्डन, ७ कार्तिक । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी र ब्राजिलका नेयमरलाई पछि पार्दै लगातार दोस्रो पटक फिफाको उत्कृष्ठ खेलाडीको उपाधि हात पारेका छन् ।

लण्डनमा आयोजित समारोहमा उत्कृष्ट पुरुष प्रशिक्षकको उपाधि रियल म्याड्रिडका जिनेदिन जिदानलाई प्रदान गरियो । महिला प्रशिक्षकको उपाधि हल्याण्डकी सरिना विग्म्यानलाई दिइएको छ भने उत्कृष्ठ महिला खेलाडी बार्सिलोनाकी लिकी मार्टिन्स भएकी छिन् ।

प्रशिक्षक, टिमका कप्तान, संचार माध्यम र दर्शकको आधारमा मनोनयन गरिने यो उपाधिमा क्रिष्टियानो रोनाल्डोले सबैवाट पाएको मतको आधारमा ४३ दशमलब १६ प्रतिशत भोट पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दि लियोनल मेस्सीले १९ दशमलब २५ प्रतिशत मात्र भोट पाएका थिए ।

कप्तानको रुपमा पोर्चुगलको तर्फवाट भोटिङ गर्दा रोनाल्डोले आफ्नो क्लव रियल म्याड्रिडका खेलाडीहरु लुका मोड्रिक, सर्गिओ रामोस र मार्सेलोलाई चयन गरेका थिए । यस्तैगरी मेस्सीले भने आफ्नो क्लब बार्सिलोनाका खेलाडीहरु लुइस स्वारेज, आन्द्रेस इनिष्टा र नेयरमरलाई उत्कृष्ठ खेलाडीको रुपमा मत दिएका थिए । रोनाल्डो र मेस्सीले एक अर्कालाई उत्कृष्ट खेलाडीको रुपमा मत नदिनुलाई उनीहरु विश्वको फुटबल क्षेत्रमा को चाहि सर्वोकृष्ट भन्ने देखाउन भएको लडाईको रुपमा हेरिएको छ ।

यो मतदानमा नेपालका फुटबल कप्तान बिराज महर्जनले भने म्यानचेष्टर युनाईटेडका जाल्टान इब्रामोभिच, एन्टोनी गिज्माण्ड र क्रिष्टियानो रोनाल्डोलाई उत्कृष्ठ खेलाडीको रुपमा छनोट गरेका थिए । जबकी जाल्टान पछिल्लो ६ महिना देखि चोटका कारण मैदानमा देखा पर्न सकेका छैनन् ।

Logo