फिफा बारियतामा नेपाल एक स्थान तल

फिफा बारियतामा नेपाल एक स्थान तल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३० असोज । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १ सय ७६ औँ स्थानमा पुगेको छ ।
त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् ।

त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१ औं स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

एसियन फुटसलमा नेपालको दोस्रो हार

नेपालले औपचारिक रुपमा पहिलो पटक सहभागिता जनाएको अन्तराष्ट्रिय एएफसी एसियन फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ ।

इरानमा जारी उक्त प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल कीर्गिस्तानसँग ५–० गोलअन्तरले पराजित भयो । आइतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग १४–२ को भारी गोलअन्तरले पराजित भएको थियो ।

किर्गिस्तानका लागि तास्तानोभ अक्तईले दुई तथा अलिमोभ मास्कात उलु उलाबेक र कप्तान कानेतोभ एमिलले एक एक गोल गरे । जारी प्रतियोगितामा किर्गिस्तानको यो लगातार दोस्रो जित हो । किर्गिस्तानले पहिलो खेलमा तुर्कमिनेस्तानलाई ५–३ गोलअन्तरले पराजित गरेको थियो ।

Logo