काठमाडौँ, २९, असोज
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङ बीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । "/>

आज हुने भनिएको नेपाल र हङकङ बीचको खेल रद्द

आज हुने भनिएको नेपाल र हङकङ बीचको खेल रद्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९, असोज
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङ बीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटर मार्फत जानकारी गराएको छ । नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर हङकङका अधिकारीहरुले सामुन्द्रिक आँधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । खेल भोलि हुने बताइएको छ । यस अघि भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो ।

Logo