नेपाल बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्नबाट बन्चित !

नेपाल बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्नबाट बन्चित !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसंग ८३ रन पराजित भएको छ। हङकङले दिएको १९५ रनको चुनौती पछ्याईरहेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सफल भयो ।  

खेलमा कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै यू-१९ टाेलीका कप्तान दिपेन्द्र सिंह एेरी १६.३ अोभरमा इशान खानको बलमा आउट भए । ओपनर सागर पुन पनि ३ रनमै आउट भए भने ओपनर ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिए । त्यस्तै कामी  ११ रन बनाएर एसान खानको बलमा अइजज खानद्वारा क्याचआउट भए । बसन्त रेग्मी र करण केसी शुन्य रनमै आउट भए । 

पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको थियो । पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए  ।

सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव थियो । यो नतिजासंगै बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्नबाट बन्चित भएको छ। अर्को खेल आइतबार हुँदैछ ।

Logo