काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको १९५ रनको चुनौती पछ्याईरहेको नेपालको ९ विकेट झरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, बसन्त रेग्मी, करण केसी, बिनोद भण्डारी र सागर पुन आउट भएका हुन् ।
कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै यू-१९ टाेलीका कप्तान दिपेन्द्र सिंह एेरी १६.३ अोभरमा इशान खानको बलमा आउट भए । ओपनर सागर पुन पनि ३ रनमै आउट भए भने ओपनर ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिए । त्यस्तै कामी ११ रन बनाएर एसान खानको बलमा अइजज खानद्वारा क्याचआउट भए । बसन्त रेग्मी र करण केसी शुन्य रनमै आउट भए ।
पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो । पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो । लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरीले हङकङका कप्तान बाबर हायतलाई २९ रनमा रन आउट गरेका थिए ।
नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए । सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।
हेर्नुहोस लाइभ
प्रतिक्रिया