बिश्व क्रिकेट लिग च्याम्पियनसिप अपडेट : नेपालको ४ विकेट गयो (हेर्नुहोस लाइभ)

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अपडेट : नेपालको ४ विकेट गयो (हेर्नुहोस लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको १९५ रनको चुनौती पछ्याईरहेको नेपालको ३ विकेट झरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र सागर पुन आउट भएका हुन् ।  

हारेर पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो । पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो ।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरीले  हङकङका कप्तान बाबर हायतलाई २९ रनमा रन आउट गरेका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए  । सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।

 

हेर्नुहोस लाइभ 

 

Logo