काठमाडौं , असोज,२५
नेपाल एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हिजो सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३- ० गोलले पराजित भएको हो । "/>

ताजकिस्तानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित

ताजकिस्तानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , असोज,२५
नेपाल एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हिजो सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३- ० गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टी मार्फत गरेको थियो । ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ । छनोट चरणमा हाल सम्म खेलेका चार मध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंक तालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ । रासस

Logo