श्रम शिविरमा पुगे वाह्ये रुनी

श्रम शिविरमा पुगे वाह्ये रुनी

केन्द्रबिन्दु
0
Shares

लण्डन, २१ असोज । ईंग्ल्याण्डको फुटबल टिमका पूर्व कप्तान वाह्ये रुनीलाई १ सय घन्टाको निशुल्क श्रम शिविरमा जानु पर्ने भएको छ । यो निर्णय अनुसार उनले एक पार्कमा रहेको बेन्चमा निशुल्क रंग रोगन र सरसफाइ गरेर सजाँय पुरा गर्नु पर्ने भएको छ ।

गर्भवती श्रीमती आफ्ना तिन सन्तानलाई लिएर छुट्टि मनाउन गएको समयमा रुनीले मापदण्ड भन्दा बढी मदिरा सेवन गरेर एक पार्टी गर्ल लाउरा सिम्पसनलाई गाडीमा राखेर सवारी चलाएका थिए । ट्राफिक लाईटको उलंघन गरेको अभियोगमा पक्राउ पर्दा रुनीले अत्याधिक मदिरा सेवन गरेका थिए । उनले गरेको मादक पदार्थ सेवनको मात्रा परिक्षण गर्दा मापदण्ड भन्दा तिन गुणा बढी सेवन गरेको पाईएको थियो ।

राती २ बजेको यो घटना सार्वजनिक भएपछि रुनी र उनको श्रीमती कोलिन विच फाटो आएको छ । कोलिनले रुनीसंग विवाह गर्दा लगाइदिएको औंठी खोलेर राखेकी छन् । केही संचारमाध्यमले उनीहरु सम्बन्ध विच्छेदको तयारी समेत गरीरहेको जनाएका छन् ।

प्रत्येक साता २ करोड ४ लाख रुपैंया कमाउने रुनीले आफ्नो ८१ करोड ६० लाख पर्ने घरवाट केही दुरीमै रहेको पार्कमा गएर काम गर्नु पर्ने भएको छ । केही बर्ष अघि म्यानचेष्टर युनाईटेडवाट खेल्ने कार्लोस टाभेजलाई ४ बर्षको खेल प्रतिबन्ध लाग्दा उनले पनि सोही पार्कमा गएर निशुल्क श्रम गरेका थिए । एजेन्सी

 

Logo