एसिया कप छनौट खेल्न नेपाली टोली आज ताजकिस्तान जाँदै

एसिया कप छनौट खेल्न नेपाली टोली आज ताजकिस्तान जाँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । एसिया कप छनौट खेल खेल्ने नेपाली फुटबल टोली शुक्रबार (आज) ताजकिस्तान जाने भएको छ। 

नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ एन्फाले आजै बिदाई गर्दैछ । नेपाली टोलीमा टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने, र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ्ग, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् भने मिडफिल्डरमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् । यस्तै, फरवार्डमा विमल घर्तिमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् । 

एक महिनाअघि काठमाडौमा भएको खेलमा ताजकिस्तानसँग नेपाल पराजित भएको थियो ।  नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।

Logo