काठमाडौँ, १८, असोज

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एशियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । "/>

नेपाली फुटबल टोलीको घोषणा

नेपाली फुटबल टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १८, असोज

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एशियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे । छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, छन् ।

त्यसैगरी डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् । ‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट टोलीमा अटाएका छन् । गत भदौ २० गते एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोल अन्तरले पराजय भोगेको थियो । त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।
रासस

Logo