शेन वार्नले पोर्नस्टारलाई कुटे

शेन वार्नले पोर्नस्टारलाई कुटे

केन्द्रबिन्दु
0
Shares

लण्डन, ८ असोज । अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नले लण्डनको एक रात्रिकालिन पवमा अश्लिल चलचित्रकी नायिकालाई कुटेको अभियोगमा प्रहरीमा उजुरी परेको छ ।

३० बर्षिया भेलोरी फक्सले लण्डन प्रहरीमा उजुरी दिदैं नाइट क्लबको बाहिर आफुलाई शेन वार्नले कुटपिट गरेको जिकिर गरेकी छिन् । उक्त घटना हुदाँ केही प्रत्यक्षदर्शीहरु पनि रहेका थिए । जसमा भेलोरी फक्स भुईमा लडेको बताएका छन् । उनको उजुरीलाई थप बुझ्नका लागि प्रहरीले शुक्रवार नै वेष्टमिनिष्टर कमाण्डलाई जिम्मेवारी दिएको छ ।

भेलोरीले आफुलाई वार्नले हिर्काउदा लागेको चोट, प्रहरीमा दिएको उजुरीलाई ट्विटर मार्फत् सार्वजनिक गरेकी छिन् । जसमा उनले एउटा ट्विटमा भनेकी छिन्– तिमि आफुलाई खुव गर्व गर्छौ किनकी तिमिले एक महिला माथी हात उठायौं । त्यस्तैगरी उनले अर्को ट्विटमा भनेकि छिन्– मैले झ्ठो कुरा भनिरहेकी छैन किनकी तिमी चर्चित ब्यक्ति हौं ।

अष्ट्रेलियाको कन्ट्रोभर्सी क्रिकेटरको रुपमा छवि बनाएका शेन वार्नलाई महिलाको अभियोग लागेको यो पहिलो पटक भने होईन । सन् २००६ मा शेन वार्नको एक यौन घटना पनि सर्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएपछि वार्नकी श्रीमती सिमोनले उनीसंग पारपाचुके गरेकी थिईन् ।

सन् २०११ देखि बेलायतमा निर्माण हुने वयस्क चलचित्रमा अभिनय गर्दै आएकी भेलोरी मोडलिंग पनि गर्छिन् ।

Logo