एक्सेल्सियर बन्यो अन्तरविद्यालय यु–१४ छात्र फुटसल च्याम्पियन

एक्सेल्सियर बन्यो अन्तरविद्यालय यु–१४ छात्र फुटसल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ असोज ।

द एक्सेल्सियर स्कुलले प्रथम हिमालय अन्तरविद्यालय यु–१४ छात्र फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।

स्वयम्भू रिक्रिएसनमा भएको फाइनलमा एक्सेल्सियरले रोजबडलाई ४–२ गोलले पराजित गर्यो । विजेताका निमेश गोतामेले ह्याट्रिक गरे भने धिरज जोशीले १ गोल गरे । रोजबडका कृष शेरचन र विदितमान तुलाधरले १–१ गोल गरे । ह्याट्रिक गरेका निमेश प्रतियोगितामा ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

हिमालय फुटबल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा एक्सेल्सियरका धिरज जोशी उत्कृष्ट खेलाडी बने । गोलरक्षकमा रोजबडका स्वरुप तिमल्सिना तथा प्रशिक्षकमा एक्सेल्सियरका विश्वास लामा उत्कृष्ट घोषित भए । किड्स लर्निङ स्कुल अनुशासित टिम ठहरियो ।

विजेतालाई एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली, आयोजक हिमालयका सञ्चालक एवं प्रतियोगिता संयोजक राजन न्यौपानेलगायतले पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।

Logo