बाबालाई दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल उपाधि

बाबालाई दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल उपाधि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ असोज ।

बाबा स्कुलले दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

चाबहिलको सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको फाइनलमा बाबाले सिद्धार्थ बनस्थलीलाई ३–२ गोलले पराजित गर्यो । बाबाका अनमोद श्रेष्ठले २ तथा दावा स्याङबो तामाङले १ गोल गरे । सिद्धार्थ बनस्थलीबाट अन्जन मगर र कृष थापाले १–१ गोल फर्काए ।

प्रतियोगितामा सिद्धार्थ बनस्थलीका मृदुल पौडेल उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताभर १५ गोल गरेका अन्जन मगर सर्वाधिक गोलकर्ता बने । बाबाका मनीषविक्रम लुइटेल उत्कृष्ट गोलरक्षक चुनिए । मातृभूमिले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्मा, एपेक्स स्कुलका कार्यकारी निर्देशक सुवास न्यौपाने र आर्थिक निर्देशक बिन्दु अधिकारीले पुरस्कृत गरे ।

भदौ २५ गतेदेखि सुरु प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Logo