नेपाल बन्यो च्याम्पियन

नेपाल बन्यो च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, असोज, १ ।

यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै जीत निकालेको हो ।

उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गरेको छ । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२,  सन्दीप सुनारले १९, अनिल कुमार साहले १६, प्रनित थापामगर, १९ रन र आसिफ शेखले १ रन वनाएका थिए । साहब आलम र सन्दिप लामिछानेले ३ र ३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीले १ र १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउ“दै सबै विकेट गुमाएको थियो । मलेसियास्थित बायुमास ओभलमा भएको खेलमा बलिङ तर्फ हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिएका थिए ।

Logo