नेपाललाई ७७ रनको चुनौती (हेर्नुहोस लाइभ)

नेपाललाई ७७ रनको चुनौती (हेर्नुहोस लाइभ)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता

काठमाडौँ, १ असोज ।  यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा हङ्गकङ्ले नेपाललाई ७७ रनको चुनौती दिएको छ । मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो।

निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनायो । नेपालका लागि सन्दिप लामिछाने र  सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए।

शनिबार भएको खेलमा मलेसियालाई हराउदै नेपाल फाइनलमा प्रवेश गरेको थियो । आजको विजेता एसिया कपका लागि छनौट हुनेछ । यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। जस मद्ये नेपालले चार पटक उपाधि जितेको छ भने २ पटक उपविजेतामै सीमित बनेको थियो ।

Logo