नेपाललाई एसिया कप खेल्ने ढोका खुल्यो

नेपाललाई एसिया कप खेल्ने ढोका खुल्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, ३१ भदौ । नेपाललाई एसिया कप खेल्ने ढोका खुलेको छ । आज भएको खेलमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेसंगै एसिया कप खेल्ने ढोका खुलेको हो । 

मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले बिना विकेटको क्षतीमा २३ ओभर १ बलको समाप्तिमा हासिल गर्यो। मलेसियालाई १० विकेटले पराजित गर्न नेपालका ओपनर ब्याट्सम्यानको महत्त्वपूर्ण योगदान रह्यो। नेपालका लागि ओपनर ब्याट्सम्यान मोहम्मद आसिफ सेख (५०) र संदीप सुनुवार (५१) ले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका छन। 

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १२१ रन बनाएको थियो। मलेसियालाई सस्तोमै समेट्न नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको क्षतीमा २९ रन दिंदै ५ विकेट लिएका हुन। त्यस्तै पवन सर्राफले २ र रोहित कुमार पौडेल, सबब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए।  उत्कृष्ट प्रदशन गरेको नेपालले यस प्रतियोगिताको उपाधीका लागि भने सिंगापुर या हंगकंगसंग फाइनल खेल्नेछ।

नेपालले आफ्नो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन र भुटानलाई नौ विकेटले पराजित गरेको थियो। त्यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

Logo