नेपाल vs मलेसिया: १२२ रनको लक्ष्य पछ्याउदै नेपाल (हेर्नुहोस लाइभ)

नेपाल vs मलेसिया: १२२ रनको लक्ष्य पछ्याउदै नेपाल (हेर्नुहोस लाइभ)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ३१ भदौ । एसीसी यु १९ छनौट प्रतियोगिता अन्तर्गतको खेलमा फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबीच खेल भईरहेको छ। मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियाबाट १२२ रनको लक्ष्य पाएको छ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको क्षतीमा २९ रन दिंदै ५ विकेट लिएका हुन। त्यस्तै पवन सर्राफले २ र रोहित कुमार पौडेल, सबब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए। नेपालले ६ ओभरको समाप्तिसम्म शुन्य विकेटको क्षतिमा २९ रन जोड्न सफल भएको छ। 

नेपालले आफ्नो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन र भुटानलाई नौ विकेटले पराजित गरेको थियो। त्यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

 

Logo