फिफाको वरियताक्रममा भुटान भन्दा नेपाल तल

फिफाको वरियताक्रममा भुटान भन्दा नेपाल तल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहिवार सार्वजनिक गरेको फिफा बरियता क्रममा नेपाल ६ स्थान तल झरेको छ ।

नेपाल ६ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको कारण नेपाल फिफा बरियतामा पनि खस्केको हो । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १ सय ७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा रहेको छ भने भुटान ९ स्थान खस्कँदै १ सय ७४औँ स्थानमा छन् ।

बंगलादेश ७ स्थान तल झर्दै १ सय ९६औँ स्थानमा, १ स्थान तल झरेका श्रीलंका १ सय ९८ औँ स्थानमा तथा पाकिस्तान भने २००औँ स्थानमा यथावत् रहेको छ ।

फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् । रासस

Logo