एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता : भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता : भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

खेल संवाददाता । काठमाडौँ, २८ भदौ ।

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । ५१ रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमै प्राप्त गर्यो ।

नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।

भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेले चार विकेट लिए । उनले सात ओभरमा तीन मेडन राख्दै मात्र ७ रन खर्चे । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाए ।

भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके। दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए।

यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । भुटान सिंगापुरसँग पनि समान ९ विकेटले पराजित भएको थियो।

समूह ‘ए’मा रहेको नेपालले अब फाइनलको यात्रा तय गर्नका लागि बिहीबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Logo