काठमाडौँ ९, भदौ ।  लियोनेल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । "/>

मेस्सीलाई पाखा लगाउँदै रोनाल्डोले जिते युइएफए अवार्ड

मेस्सीलाई पाखा लगाउँदै रोनाल्डोले जिते युइएफए अवार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ९, भदौ ।  लियोनेल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् । 

पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए । 

लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३/१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो । रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे ।

Logo