एपिएफलाई लामाचौर भलिबल प्रतियोगिताको उपाधि

एपिएफलाई लामाचौर भलिबल प्रतियोगिताको उपाधि

केन्द्रबिन्दु
0
Shares

दुर्गा दुलाल । पोखरा, लामाचौर, भदौ, ८ गते ।

डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीलाई हराउँदंैं विभागीय एपिएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको ।

पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा महिला भलिबल प्रतियोगिता भएकोथियो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको फाइनलमा एपिएफले डायमन्डलाई २५–१८,२५–१८ र २५–१२ ले पराजित गरेको छ ।

एएिफ प्रशिक्षक ज्ञानेन्द्र विष्टले डिफेन्स, ब्लक राम्रो भएकाले उपाधि जित्न सहज भएको बताए । उनले भने, हामी यहाँ सधै हार्ने गरेको थियो । खेलाडी नर्भस हुने गरेको थियो । आज खेलाडीले सुरुको सेटबाट राम्रो खेले । डायमन्डले आज राम्रो स्पाइ गर्न सकेन ।

प्रतियोगितामा एपिएफकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, पश्चिमाञ्चलकी पवित्रा विसी उत्कृष्ट ब्लकर, अरुणा शाह िउत्कृष्ट सर्भर, एपिएफकी बिनिता उत्कृष्ट सेटर, नेपाल पुलिसकी कमला पुन उत्कृष्ट लिबेरो र एपिएफकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीको रुपमा पुरस्कृत भइन ।

डायमन्डका प्रशिक्षक कुमार राईले रेफ्रीको निर्णयले खेलमा असर गरेको बताए ।
राईले भने, रेफ्रीले बिनिता बुढाथोकीको फललाई लिएनन । त्यसले हाम्रो खेलाडीलाई असर गरेको थियो । यसले नेपाली भलिबलको विकासमा राम्रो गर्दैैन । खेललाई सुधार गर्न रेफ्रीको स्तरलाई ध्यान दिनु पर्छ ।

 

Logo