भारतकी अन्तर्राष्ट्रिय महिला हकी खेलाडीद्वारा आत्महत्या

भारतकी अन्तर्राष्ट्रिय महिला हकी खेलाडीद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।

भारतको राष्ट्रिय महिला हकी टिमकी एक सदस्य ज्योति गुप्ताले आत्महत्या गरेकी छन् । उनको शव पंजाब राज्यको हरियाणास्थित रेवाडी रेल्वे स्टेसननजिकै फेला परेको थियो ।

स्थानीय मानिसहरूका अनुसार, बीस वर्षीय ज्योतिले सामुन्नेबाट आइरहेको रेलका अगाडि पुगेर आफ्नो प्राण गुमाएकी थिइन् ।

पंजाबको सोनीपत जिल्लामा बसोबास रहेको ज्योतिको शव स्थानीय मानिसहरूले रेल्वे ट्र्याकमा देखेका थिए । त्यसपछि उनीहरूले नै घटनाबारे प्रहरीलाई सूचित गरेका थिए ।
एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरिसकेकी ज्योतिले राज्य र राष्ट्रियस्तरका साथै केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि सहभागिता जनाएकी थिइन् । उनका प्रशिक्षकले जनाएअनुसार, ज्याति आउँदो साता प्रशिक्षण शिविरका लागि बेंगलुरु जाने भएकी थिइन् ।

प्रहरीले बताएअनुसार, ज्योति घरबाट बुधबार निस्केकी थिइन् । उनले आफू रोहतकस्थित महर्षि दयानन्द युनिभर्सिटीमा पुगेर सर्टिफिकेटमा आफ्नो नामको स्पेलिङ सच्चाएर फर्किहाल्ने भनेकी थिइन् । घटनापछि प्रहरीले उनको परिवारलाई फोन गर्दा उनीहरूले ज्योतिको बस बिग्रेर ढिलो भएको तर उनी चाँडै घर पर्किसक्ने बताएका थिए ।

प्रहरीले बुधबार राती ज्योतिको शव फेला पार्दा उनको मोबाइल पनि उनको छेउमै थियो । प्रहरीले त्यही फोन प्रयोग गर्दै परिवारलाई सूचित गरेको थियो । परिवारले ज्योतिको मृत्युलाई आत्महत्या मान्न अस्वीकार गरेको छ ।

रेलचालकसँग प्रहरीले सोधपुछ गर्दा यो आत्महत्या हो भन्ने प्रस्ट भएको छ तर आत्महत्याका पछाडि रहेको कारणबारे प्रहरी अनुसन्धानपछि मात्र यथार्थ जानकारी हुने बताइएको छ । (एजेन्सीको सहयोगमा)

Logo