खेलकुदमा राजनीतिकरण र घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री केसी

खेलकुदमा राजनीतिकरण र घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक स्वागत कार्यक्रममा बोल्दै मन्त्री केसीले खेलकुदमा देखिएको राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी पनि गरे ।

मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्ध व्यावसायिक बनाउने र सन् २०१९ मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीलाई तीव्रता दिने पनि बताए ।

मन्त्री केसीले आफूले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसँग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिने बताए ।

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो ।

विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै मन्त्री केसीले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गरे ।

 

Logo