भारत–श्रीलंका दोस्रो टेस्ट : लकमलको ठाउँमा थिरिमाने

भारत–श्रीलंका दोस्रो टेस्ट : लकमलको ठाउँमा थिरिमाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ साउन ।

भारत र श्रीलंकाबीच तीन टेस्टको शृंखलाअन्तर्गत दोस्रो टेस्ट भोलि बिहीबार सुरु हुँदैछ । श्रीलंकन राजधानी कोलम्बोस्थित सिंहलिज स्पोर्टस क्लब रंगशालामा खेलिने यो टेस्टका लागि श्रीलंकाले १६ सदस्यीय टोलीमा ब्याटसम्यान लाहिरु थिरिमानेलाई सामेल गरेको छ । थिरिमानेले आफ्नो पछिल्लो टेस्ट जून २०१६ मा खेलेका थिए ।

थिरिमानेलाई गालमा भएको पहिलो टेस्टमा भारतीय ओपनर शिखर धवनको क्याच लिने प्रयास गर्दा घाइते भएका आसेला गनारत्नेको स्थानमा खेलाउन थालिएको हो ।

लेफ्ट आर्म स्पिनर लक्सान सान्दाकानलाई पनि समावेश गरिएको छ भने नियमित क्याप्टन दिनेश चन्डीमाल पनि टोलीमा फर्किएका छन् । चन्डीमाल न्युमोनियाले ग्रस्त भएपछि पहिलो टेस्ट खेल्न पाएका थिएनन् ।

शृंखलामा श्रीलंका ०–१ ले पछि छ । पहिलो टेस्टमा भारत ३०४ रनको विशाल अन्तरले विजयी भएको थियो । त्यस टेस्टमा म्यान अफ द म्याच शिखर धवन, कप्तान विराट कोहली र चेतेश्वर पुजाराले शतक प्रहार गरेका थिए ।

भारतले २३ इन्टरनेसनल म्याच होस्ट गर्ने

श्रीलंकाविरुद्धको चालू शृंखला समाप्त भएपछि भारते घरेलु मैदानमा २३ वटा अन्तर्राष्ट्रिय म्याच आयोजना गर्ने भएको छ । ती म्याचहरू पहिले अस्टे«लिया, त्यसपछि न्युजिल्यान्ड र अन्तिममा फे िएकपटक श्रीलंकाविरुद्ध खेलिने छन् ।

अस्टे«लियाले सेप्टेम्बर १७ देखि अक्टोबर ११ सम्ममा पाँच ओडिआई र तीनवटा टी–२० खेल्ने छ । न्युजिल्यान्डले अक्टोबर २२ देखि नोभेम्बर ७ सम्म तीन ओडिआई र त्यति नै टी–२० म्याच खेल्ने छ ।

श्रीलंकाविरुद्ध घरेलु मैदानमा भारतले तीन टेस्ट, तीन ओडिआई र तीन टी–२० म्याच खेल्ने छ । श्रीलंकाविरुद्धका म्याचहरू समाप्त भएलगत्तै भारतीय टोली दक्षिण अफ्रिकाको भ्रमणमा निस्कने छ । (एजेन्सी)

Logo