उमेर ढल्किएपनि अझै उत्तिकै उत्कृष्ट खेल्ने ७ भेट्रान फुटबलर

उमेर ढल्किएपनि अझै उत्तिकै उत्कृष्ट खेल्ने ७ भेट्रान फुटबलर

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : विश्व फुटबलमा ३० वर्ष पूरा भएपछि खेलाडीहरुको फर्म खस्कन थाल्छ भन्ने मान्यता छ । त्यही मान्यताका कारण क्लबहरुले ३० वर्षभन्दा बढी उमेरका खेलाडीहरु किन्न धेरै लगानी गर्दैनन् । तर केही त्यस्ता फुटबलरहरु पनि छन् जो ३५ वर्ष कटेपछि पनि करियरको उच्च लयमा छन् ।

इसाम इल हादारे ४४ वर्षका भए । उनी अझै इजिप्टको राष्ट्रिय टोलीका गोलकिपर हुन् । उनले सन् २०१७ को अफ्रिका कप अफ नेसन्समा बुर्किना फासो विरुद्धको सेमिफाइनलमा निर्णायक अवस्थामा २ पेनाल्टी सेभ गरे । यी गोलकिपर अहिले साउदीको अल तावोउनबाट व्यवसाहिक फुटबल खेल्छन् ।

जी रोर्बटो ४३ वर्षका भए । उनले ले ब्राजिलको राष्ट्रिय टिमबाट खेल्न छाडेको १० वर्ष भयो । यी डिफेन्डर ब्राजिलको सन् १९९८ र २००६ को विश्वकप टोलीमा समावेश थिए । उनी मिडफिल्डमा पनि राम्रो खेल्न सक्छन् । ब्राजिलको पाल्मेरसबाट व्यवसाहिक फुटबल खेल्दै उनले यस सिजन क्लबलाई लिग जिताए । उनी अर्को सिजन फेरि लिग जितेर सन्यास लिने योजनामा छन् ।

जियानलुइगी बुफोन ३९ वर्षका भए । उनी फुटबल इतिहासकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिन्छन् । उनले सन् २००६ मा इटलीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यी गोलकिपरले गत सिजन युभेन्टसलाई च्याम्पियन्स लिगको फाइनल पुर्या‍‍‍उन महत्वपूर्ण भूमिका खेले । उनी आगामी वर्ष इटलीबाट विश्वकप खेलेपछि सन्यास लिने योजनामा छन् । सन्यास लिनुपूर्व एकपटक फेरि विश्वकप जित्ने उनको सपना छ । अहिलेसम्म च्याम्पियन्स लिग जित्न नसकेका बुफोनले आगामी सिजन च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षा पालेका छन् ।

आन्द्रेइ बारजाग्ली ३७ वर्षका भए । युभेन्टसका यी डिफेन्ड अहिले पनि उच्च श्रेणीको फुटबल खेलिरहेका छन् । उनी अझै लामो समयसम्म माथिल्लो श्रेणीको फुटबल खेल्न चाहन्छन् ।

डेभिड भिया ३५ वर्षका भए । सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा ५ गोल गरेका डेभिड भिया २०१४ को विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । उनी अहिले अमेरिकी मेजर सकर लिग क्लब न्युयोर्क सिटीबाट खेल्छन् । यस सिजन उनले १४ गोल गरेका छन् ।

Zlatan Ibrahimovic says he can play until he is 50 years old

ज्ल्याटन इब्राहिभोमिच ३५ वर्षका भए । तर उनी अहिले पनि उत्तिकै उत्कृष्ट मानिन्छन् । गत सिजन उनले म्यानचेस्टर युनाइटेडको अग्रपंक्ती सम्हालेका थिए । चोटका कारण उनी सिजनको अन्त्यतिर मैदानबाहिरै रहे । यस वर्ष अक्टुबरपछि उनी फेरि मैदान फर्कनेछन् । त्यसपछि उनले कस्तो खेल्छन् ? समर्थकहरुलाई चासो छ ।

 

डारिजो सर्ना ३५ वर्षका भए । गत जनवरीमा बार्सीलोनाले यी फुटबलरलाई क्लबमा भित्र्याउन चाहेको थियो । तर उनी मानेनन् । क्रोयशियाका यी स्टारको बुझाईमा बार्सीलोनाबाट च्याम्पियन्स लिग जित्नुभन्दा युक्रेनको साख्तरबाट घरेलु लिग जित्नु ठूलो हो । उनले लिग जित्दै आफ्नो लक्ष्य पूरा गरे । बार्सीलोनाले न उनलाई भित्र्याउन सक्यो न त च्याम्पियन्स लिग ननै जित्न सक्यो । यी खेलाडी अहिले पनि साख्तरका प्रमुख हतियार हुन् ।

Logo