फुपुल्हामु थाइल्याण्डमा पराजित

फुपुल्हामु थाइल्याण्डमा पराजित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी जुडो खेलाडी फुपुल्हामु खत्री थाइल्याण्डमा जारी थाइल्याण्ड इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा पराजित भएकी छिन् ।

आइतबार ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फुपु थाइल्याण्डकी खेलाडी सेनाथन ओरापिनसँग पूरा समय खेल्दै २ वाजारीको आधारमा पराजित भएको प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै अर्की खेलाडी सुनिता ताम्राकार पनि ७० केजी तौलमा असफल भएकी छिन् । सुनिता पहिलो चरणमा थाई खेलाडी थाम्माफोरन अनोन्गनतसँग १ वाजारीको विरुद्ध २ वाजारीले जित हात पार्दै क्वाटरफाइनल प्रवेश गरेकी थिइन् ।

सुनिता क्वाटरफाइनलमा लाओसकी खेलाडी थिफाकोन सिहामोङ्गसँग ३ वाजारी र इप्पनमा ३.५३ सेकेन्डमा पराजित भएकी थिइन् । पछि उनी कांस्य पदकका लागि भएको रिपाचेजमा भियतनामकी खेलाडी थ्रुओङ्ग थि थानह थाउसँग ३.४० सेकेन्डमा ओसाइकोमी इप्पन स्कोरमा पराजित हँुदै सातौं स्थानमा रहिन् ।

Logo