‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ रानाभाटलाई

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ रानाभाटलाई

केन्द्रबिन्दु
0
Shares

पोखरा, १२ साउन । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो पोखरा स्पोट्र्स अवार्डमा पूर्वखेलाडी खड्ग रानाभाटलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । 

अवार्डका लागि गठित छनोट समितिको बुधबार बसेको बैठकले भलिबल र फुटबल दुबैका खेलाडी रानाभाटलाई सम्मान गर्ने निर्णय गरेको मञ्चले जनाएको छ । बैठकले विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडीको नामसमेत सार्वजनिक गरेको छ । 

वर्ष उत्कृष्ट महिला खेलाडीमा सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते), टीका माया गुरुङ (भारोत्तोलन) र अरुणा शाही (भलिबल) मनोनयनमा परेका छन । यसैगरी, वर्ष उत्कृष्ट पुरुष खेलाडीमा करण केसी (क्रिकेट), कुमार अधिकारी (लन टेनिस) र विशाल बस्नेत (ह्याण्डबल) छन् । 

छनोट समितिले उदीयमान खेलाडीमा ममता डगौरा (भलिबल), दर्शना बुढामगर र सागर नेपाली (एथलेटिक्स) लाई समेत मनोनयन गरेको छ भने प्रशिक्षकमा सुनबहादुर लामा (तेक्वान्दो), बखतमान श्रेष्ठ (भारोत्तोलन) र इन्द्रा मल्ल (एथलेटिक्स) लाई मनोनयन गरेको छ । 

मनोनयनमा परेका तीनजनामध्ये प्रत्येक विधाबाट एक/एक जनाले अवार्ड प्राप्त गर्नेछन् । उहाँहरुलाई अवार्डसहित नगद पुरस्कारबाट सम्मानित गरिनेछ । 

यसैगरी, मञ्चले यस वर्षदेखि एउटा उत्कृष्ट सङ्घलाई समेत सम्मान गर्ने भएको छ, जसअन्तर्गत कास्की जिल्ला लन टेनिस सङ्घलाई उत्कृष्ट सङ्घका रुपमा सम्मानित गरिनेछ । उत्कृष्ट सङ्घलाई नगद रु १० हजारसहित सम्मान गरिने मञ्चले जनाएको छ । 

समितिको बैठक मञ्चका सल्लाहकार एवं प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । छनोट समितिमा आठजना सदस्य रहेका थिए । पोखरा स्पोर्ट्स अवार्ड वितरण यही साउन २१ गते पोखरा सभागृहमा हुने भएको छ । रासस 

Logo