इन्डोनेसियामा नेपाली खेलाडी चम्के

इन्डोनेसियामा नेपाली खेलाडी चम्के

केन्द्रबिन्दु
0
Shares

दामोदर अर्याल । काठमाडौं, ११ साउन ।

इन्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एशिया जुनियर च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडीहरुले आफ्नो चमक प्रदर्शन गरेका छन् ।

ब्याडमिन्टन एशिया कन्फेडेरेशनको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका प्रफुल महर्जनले पहिलो चरणको खेलमा कम्बोडियाका डिना साओमलाई २१/११ र २१/८ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भएका छन् । हालै ललितपुरमा सम्पन्न छैटौं पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगितामा प्रफुलले सातौ बरियताका संजीव खड्कालाई पराजित गर्दै उदयमान खेलाडीको रुपमा प्रस्तुत भएका थिए । उनले अव आयोजक इन्डोनेसियाका फतुरामान फौजीसंग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नविन बिक्रम शाहले जनाएका छन् ।

यस्तै अर्को प्रतिस्पर्धामा रुकेश महर्जनले मङ्गोलियाका खेलाडी मेन्देब्यर बात्सुकलाई २१/८, २१/७ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । नेपाली जुनियर खेलाडीहरुले आफ्नो खेल कौशलता प्रदर्शन गर्ने क्रममा पुष्पलाल ब्याडमिन्टनमा छैटौ वरियताका पुलिसका खेलाडी दीपक बोहरालाई पराजित गर्दै एक क्षमतावान खेलाडीको रुपमा प्रस्तुत भई सकेका यी खेलाडीले पाकिस्तानका खेलाडी राजा मुहम्मद हैदरलाई १५/२१, २१/१७ र २१/१७ को जित निकाल्न सफल भएको सचिव शाहले जानकारी गराए । अव दोश्रो चरणमा रुकेशले श्रीलङकाका खेलाडी रसिन्दु हेन्देवा संग र पविनले श्रीलङकाकै रन्थुस्का ससिन्दु संग प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसि जुलाई २२ देखि ३० सम्म संचालन हुनेछ ।

 

 

Logo