भारतलाई हराउँदै इङल्यान्डले जित्यो महिला विश्वकप क्रिकेट

भारतलाई हराउँदै इङल्यान्डले जित्यो महिला विश्वकप क्रिकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु मैदान लर्डसमा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङल्यान्डले आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। २ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।

भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिए । इङ्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले लिएको ६ विकेट महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाएका थिए

 

Logo