यु–१९ क्रिकेट: सिंगापुरलाई १६९ रनको चुनौती

यु–१९ क्रिकेट: सिंगापुरलाई १६९ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ  । यु १९ विश्वकप क्रिकेट छनौट खेलमा नेपालले सिंगापुरलाई १६९ रनको चुनौती दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । 

डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको खेलमा सिंगापुरले केहीबेरमा ब्याटिङ गर्दैछ ।

Logo