नेपाल अफगानिस्तानद्धारा १ सय ४१ रनले पराजित

नेपाल अफगानिस्तानद्धारा १ सय ४१ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भैइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा नेपाल अफगानिस्तानद्वारा १ सय ४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो ।

आजको खेलमा नेपालको शुरुवात नै खराव रह्यो । १९ रन बनाउँदा १० दशमलब १ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । चारजना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिए । जर्दानले ९ ओभरमा पाँच मेडन राखि सात रन दिए । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलब ४ ओभरमा सवै विकेट गुमाउँदै १ सय ९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९ दशमलब ४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । रासस

Logo