नेपालसामू अफगानिस्तानले पेश गर्‍यो १ सय ९१ रनको लक्ष्य

नेपालसामू अफगानिस्तानले पेश गर्‍यो १ सय ९१ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : आईसीसी यू–१९ विश्वकप छनोटको एशियाली छनोटमा अहिले नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामू १९१ रनको लक्ष्य पेश गरेको छ। अफगानिस्तान अन्तिम २ बल बाँकी छदाँ १ सय ९० रन जोड्दै अलआउट भएको हो।

नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २-२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

अफगानिस्तानका लागि नाबिद ओविद र इब्राहिम जार्दनको जोडीले ७५ रनको साझेदारी बनाउनु बाहेक अरूले खुलेर खेल्न सकेनन्।

Logo