यू–२३ एशियन च्याम्पियनसिप छनोटमा लेबनानसँग पनि नेपाल पराजित

यू–२३ एशियन च्याम्पियनसिप छनोटमा लेबनानसँग पनि नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

 काठमाडौँ, ५ साउन । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । 

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एकएक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे । 

समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । यसअघि नेपाल पहिलो खेलमा युएई र दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो। रासस 

Logo