के धोनीले सन् २०१९ को विश्वकप खेल्न सक्लान् ?

के धोनीले सन् २०१९ को विश्वकप खेल्न सक्लान् ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २३ असार, काठमाडौं ।

भारतका सर्वाधिक सफल कप्तानमध्ये एक महेन्द्रसिंह धोनी आजबाट ३६ औं वर्षमा प्रवेश गरेका छन् । धोनीले सन् २०१७ जनवरीमा कप्तानी छाडेका थिए । तर अहिले पनि उनी भारतीय टोलीका सबैभन्दा लोकप्रिय क्रिकेटर हुन् ।

धोनीले सन् २०१९ को विश्वकप खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । तर उनको ‘फर्म’लाई लिएर धेरै प्रश्नहरु उठेका छन् । यतिसम्मकी आईपिएल सिजन १० का दौरान उनलाई टिमबाट निकालिएको समाचार समेत भाइरल भएको थियो ।

सन् २०१५ पछि धोनीको ‘स्ट्राइकरेट’ र प्रदर्शनमा लगातार गिरावट आएको छ । न त उनले म्याच ‘फिनिशर’को आफ्नो पुरानो छविलाई न्याय नै गरेका छन् । न त राम्रो एभरेजमा ब्याटिङ नै गर्न सकेका छन् ।

सन् २०१४–१५ मा धोनीको एभरेज थियो, ४० दशमलव ०९ । अहिले उनको एभरेज छ ४१ दशमलव ५० । त्यसैले उनको प्रदर्शनलाई लिएर धेरै प्रश्नहरु तेर्सिएका छन्।

यस्ता छन् धोनीका पछिल्ला कमजोरी
– सन् २०११ मा फाइनलमा उत्कृष्ट छक्का प्रहार गर्दै भारतलाई विश्वकप जिताएका धोनी अब पहिलेजस्तो फिनिशर रहेनन् । वेस्ट इन्डिज विरुद्ध एकदिवसिय खेलमा भर्खरै उनले ५० रन त प्रहार गरे । तर यो उनको करियरकै सबैभन्दा धेरै ११४ बलमा प्रहार गरिएको अर्धशतक थियो । सन् २०१५ मा दक्षिण अफ्रिका विरुद्ध भारतलाई जितका लािग केवल ७ रन आवश्यक परेका बेला उनी ५० औं ओभरमा आउट भए ।

– २०१५ को विश्वकपमा पनि अस्टे«लिया विरुद्ध उनले ९४ बलमा ६५ रन मात्रै बनाए । त्यतिबेला भारतलाई खेल जित्न धमाकेदार ब्याटिङ आवश्यक थियो । यस्ता धेरै घटनाले उनी पहिलेजस्तो फिनिसर रहेनन् भन्ने प्रमाणित गर्छ ।

  • धोनी सन् २००५ देखि भारतका नियमित ‘विकेटकिपर’ रहँदै आएका छन् । तर पछिल्लो समय भारतमा उनको ठाउँ लिनसक्ने थुप्रै युवा खेलाडीहरु देखिएका छन् ।
    रोबिन उथप्पा, दिनेश कार्तिक र रिद्धिमान साहाजस्ता पुराना खेलाडीले पनि विकेटकिपरको भूमिका निर्वाह गर्न सक्छन् । साहा टेस्ट टिमका नियमित विकेटकिपर हुन् भने उथप्पा पनि विकेट किपर ब्याट्सम्यान हुन् ।
  • धोनी राम्रो फिनिशर नभएका कारण नम्बर ५ मा उनको सट्टामा अन्य ब्याट्सम्यान पनि देखिएका छन् । अलराउन्डर हार्दिक पान्ड्याले अहिले ६ या ७ नम्बरमा ब्याटिङ गरिरहेका छन् । उनी पनि टिमको राम्रो फिनिशर बन्न चाहन्छन् । त्यस्तै केदार जाधव ‘हार्ड हिटर’का रुपमा देखिएका छन् । उनले पछिल्ला केही म्याचमा छिटो रन बनाएका छन् ।

    – धोनी २०१९ सम्म ३८ वर्षका हुनेछन् । त्यसैले यो उमेरमा ५० ओभरसम्म विकेटको पछाडि बस्नु र त्यसपछि ब्याटिङ गर्नु उनलाई मुस्किल हुनेछ ।

    – यस्तो अवस्थामा धोनीले गर्ने भनेकै ब्यटिङ वा विकेटकिपिङमध्ये एकमा मात्रै ‘फोकस’ हुने हो । जसका कारण उनी टोलीमा टिकिरिहन सक्छन् ।

    – श्रीलंकाका पूर्व कप्तान कुमार सांगाकाराले पनि करियरको अन्त्यतिर विकेटकिपिङ छाडेर ब्याटिङमा मात्रै ध्यान दिएका थिए ।

    – धोनीको पछिल्लो प्रदर्शन नियालेपछि सिनियर खेलाडीहरुले पनि उनको विकल्प खोज्नुपर्ने बताएका छन् । पूर्वकप्तान राहुल द्रविडले धोनी र युवराज सिंहको विकल्प खोज्नुपर्ने समय आएको बताएका छन् ।

  • – अजित अगरकरले पनि उस्तै धारणा राखेका छन् । धोनीले भारतीय टिमको एकदिवसीय तथा टी–२० कप्तानी समेत छाडिसकेका छन् । त्यसैले टिममा उनको स्थान स्थायी छैन् । यस्तो अवस्थामा धोनीले २ वर्षअपिछि विश्वकप खेल्नका लागी धेरै मेहिनत गरेर आफुलाई तयार अवस्थामा राखिरहनु पर्ने हुन्छ ।

 

Logo